आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘नाङ्गो गाउँ’को ‘सुन सुन सुन्दरी’ गीत टिकटकमा भाइरल

आइतबार, २४ भदौ २०८०, ११ : ०३
आइतबार, २४ भदौ २०८०

काठमाडौंँ । २९ भदौबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म  ‘नाङ्गो गाउँ’ अहिले चर्चामा छ । फिल्मको ट्रेलर र गीतसंगीतका कारण चर्चामा रहन सफल फिल्मको ‘सुन सुन सुन्दरी’ बोलको गीत सामाजिक संजाल टिकटकमा भाइरल बनेको छ ।
अन्जु पन्त र एसडी योगीको स्वर रहेको गीतको ‘भए शिरफूल नभए लाउलाउ लाछा डोरी उनैको, सबको माया बैगुनी छ तिम्रो माया गुनैको’ अंश टिकटकमा भाइरल बनेको हो ।

टिकटकमा यो गीत भाइरल भएपनि युट्युबमा भ्युज बढेको छ । सामाजिक संजालमा गीत भाइरल हुँदा फिल्मको बक्स अफिस कलेक्स समेत राम्रो हुने बताइन्छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हिमाल शर्माको प्रस्तुति छ । फिल्ममा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी आएल शाह लगायतको अभिनय छ । 

सुष्मा सिग्देलले लेखेको गीतमा सुशान्त गौतमको संगीत छ । जय श्रेष्ठको लगानीमा बनेको फिल्मका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । फिल्मले राजनीतिक कथावस्तुलाई प्रस्तुत गरेको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोलाई आलोक शुक्लाले खिचेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप