सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

व्यासको नयाँ बहुउद्देश्यीय भवन निर्माण कार्य अगाडि बढ्यो

आइतबार, २४ भदौ २०८०, १७ : ०२
आइतबार, २४ भदौ २०८०

दमौली । तनहुँको व्यास नगरपालिकाले नयाँ बहुउद्देश्यीय भवन निर्माणको कार्यलाई अगाडी बढाएको छ । पृथ्वी राजमार्ग र सफासडक क्षेत्रलाई मोहोडा  बनाएर चार तल्लाको व्यावसायिक भवन निर्माण गर्ने भएको हो । 

नगरपालिकाको महातातमा रहेको पुरानो भवनलाई भत्काएर उक्त ठाउँमा ३ रोपनी ३ आना १ पैसा र १ दामको क्षेत्रफलमा व्यावसायिक बहुउद्देश्यीय भवन निर्माण गर्न लागिएको योजना तथा सहरी विकास शाखा प्रमुख डा.ई राजु पौडेलले जानकारी दिए । 

नगर विकास कोष र व्यास नगरपालिकाको संयुक्त लगानीमा उक्त भवन निर्माण गर्न लागिएको उनले बताए । उनका अनुसार नगर विकास कोषबाट ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लगानी रहेन छ ।

नगरपालिकाले २० वर्षको लागि नगर विकास कोषबाट ७० प्रतिशत लगानी ऋण लिएको हो । योजना तथा सहरी विकास शाखा प्रमुख पौडेलका अनुसार भुईँ तलामा ११ वटा पसल कबल,२ वटा भञ्याङ,१ शैचालय र ३ वटा प्रवेशद्वार रहने छ । पहिलो तल्लामा १२ वटा पसल कबल, २ ,२ वटा भञ्याङ,१ शैचालय रहने छ भने दोस्रो तल्ला र तेस्रो तल्लामा खुल्ला भाग बनाई क्षेत्रफलको हिसाबले कार्यालय प्रयोजनलाई दिने गरि निर्माण गरिने भएको छ । साथै उक्त भवनमा लिफट् र एस्कालेटरको पनि सुविधा राखिने पौडेलले बताए । नगरपालिकाको आयस्रोत वृद्धि गर्ने लक्ष्यसहित मनोरञ्जनका लागि कमर्सियल कम्प्लेक्ससहितको ३१ करोडको लगानीमा व्यावसायिक निर्माण गर्न लागिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

पुरानो भवन भत्काउनको लागि उक्त भवनमा रहेका शाखाहरू सारिएको छ । नगरप्रमुख न्यौपानेले पहिलो कार्यकालमा सम्पन्न गरेको बहुउद्देश्यीय भवनको माथिल्लो भागमा शाखाहरू सारिएको छ । पुरानो भवनमा रहेका शिक्षा तथा सामाजिक शाखा, स्वास्थ्य तथा जनंसख्या शाखा, पशु तथा कृषि शाखा र सरसफाइ शाखा माथिल्लो भवनमा सार्न सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप