सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बंगलादेशका अन्तर्राष्ट्रिय क्रिकेटर क्यानडाको प्रहरी सेवामा जागिरे !

आइतबार, २४ भदौ २०८०, १७ : ४७
आइतबार, २४ भदौ २०८०

काठमाडौँ । बंगलादेशको राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउन्डर हुन्, मेहराब होसैन जुनियर । उनले बंगलादेशका लागि टेस्ट, एकदिवसीय र टी—२० अन्तर्राष्ट्रिय गरी तीनवटै ढाँचाको क्रिकेट खेलेका थिए ।  मेहराब होसैन जुनियरले सन् २००६ मा बंगलादेशको राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए ।

उनले बंगलादेशका लागि सन् २००९ को अगस्त १८ मा अन्तिम खेल खेलेका थिए । यस हिसाबले उनको अन्तर्राष्ट्रिय खेलजीवन तीन वर्षभन्दा लामो रहेन ।

अन्तर्राष्ट्रिय प्रतियोगिताबाट टाढिएपछि पनि उनले उनले केही समय घरेलु क्रिकेट भने खेलेका थिए । सक्रिय खेलजीवनबाट टाढिएपछि उनी क्यानडा पुगेका थिए । शुक्रबार उनी औपचारिक रुपमा क्यानडाको रोयल क्यानेडियन मोन्टेड पुलिस (आरसीएमपी) मा आबद्ध भएका छन् । 

m3

आफ्नो समयमा चर्चित बायाँहाते ब्याट्सम्यान ३६ वर्षीय मेहराब होसैन जुनियरलाई शुक्रबार क्यानडाको नियाग्रा क्षेत्रीय प्रहरी मुख्यालयमा प्रहरी अधिकृतको ब्याच प्रदान गरिएको छ । उनले क्यानडामा कन्स्टेबल पदबाट प्रहरीको जागिर सुरु गरेको समाचारमा जनाइएको छ । 

बंगलादेशी क्रिकेट टोलीका खेल्दाका मेहराब होसैन जुनियरका साथी मोहम्मद इनामुल हकले सामाजिक सञ्जालमार्फत उनलाई बधाइ दिएका छन् । ‘साथी मेहराब होसैन जुनियर, बधाइ छ,’ मोहम्मद इनामुल हकले भनेका छन् । 

मेहराब होसैन जुनियरले बंगलादेशका लागि सात टेस्ट खेलेर दुई सय ४३ रन बनाएका थिए । टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन ८३ रन हो । उनले टेस्ट क्रिकेटमा चार विकेट पनि लिएका छन् । उनले १८ एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै दुई सय ७६ रन बनाएका छन् । एकदिवसीय प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शन ५४ रन हो । एकदिवसीय खेलमा पनि उनले चार विकेट लिएका छन् ।

m2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप