मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ

आइतबार, २४ भदौ २०८०, १८ : ०६
आइतबार, २४ भदौ २०८०

मोरङ । मोरङ प्रहरीले चोरीको मोटरसाइकलसहित एक युवकलाई पक्राउ गरेको छ ।  प्रहरीले  सुनसरी देवानगंज गाउँपालिका १ बस्ने २३ वर्षीय सरोजकुमार मेहेतालाई शुक्रबार विराटनगर महानगरपालिका ५  पुल्चोकबाट पक्राउ गरेको हो ।  

मेहेतालाई आइतबार प्रहरीले १ थान होन्डा साइन मोटरसाइकल र मोटरसाइकल चोरीमा प्रयोग गरिने औजारसहित सार्वजनिक गरेको छ  । उनलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको मोरङ प्रहरीेले जनाएको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप