आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जापानसँग लज्जास्पद हारपछि फ्लीक बर्खास्त

सोमबार, २५ भदौ २०८०, ०९ : २०
सोमबार, २५ भदौ २०८०

बायर्न । शनिबार भएको मैत्रीपूर्ण खेलमा जापानसँग ४–१ को लज्जास्पद हार बेहोरेपछि जर्मनीले हान्सी फ्लीकलाई म्यानेजर पदबाट बर्खास्त गरेको छ । सन् १९२६ मा यो पद सिर्जना गरेदेखि बर्खास्त हुने उनी पहिलो जर्मन म्यानेजर हुन् ।

जर्मनीले आफ्ना पछिल्ला पाँचमध्ये चार खेलमा पराजय बेहोर्नुपरेको छ । सन् २०२१ को अगस्तमा जोआचिम लोको स्थानमा फ्लीकले पद सम्हालेयता जर्मनीले २५ मध्ये १२ खेलमा मात्र जीत हासिल गरेको छ । 

जर्मनीका पूर्व स्ट्राइकर ६३ वर्षीय रुडी  भोलरलाई जर्मनीको राष्ट्रिय टोलीको अन्तरिम नेतृत्व दिइएको छ । सन् २००० देखि २००४ सम्म टोलीको म्यानेजर पद सम्हालेका उनी गत फेब्रुअरीमा जर्मनीको राष्ट्रिय टोलीको निर्देशक नियुक्त भएका थिए ।

जर्मनीले अर्को वर्ष युरोपियन च्याम्पियनसिप प्रतियोगिता आयोजना गर्दैछ । त्यसअघि जर्मनी राष्ट्रिय फुटबल टोली सङ्कटमा देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप