मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

इटहरीमा अब निःशुल्क शव वाहन र एम्बुलेन्स सेवा

सोमबार, २५ भदौ २०८०, ११ : ५०
सोमबार, २५ भदौ २०८०

इटहरी । इटहरीमा आजदेखि निःशुल्क शव वाहन र एम्बुलेन्स सेवा सुचारु गरिएको छ । इटहरीको जनतालाई निःशुल्क रूपमा सेवा दिने उद्देश्यले इटहरी क्षेत्र भर निःशुल्क रूपमा सेवा विस्तार गरिने भएको छ। नगर प्रमुख हेमकर्ण पौडेलले इटहरी अस्पतालमा सोमबारदेखि नै लागू हुने गरी निःशुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको जनाए ।

इटहरी उप महानगरपालिकाले आफ्नो जनताको लागि घरदेखि घाटसम्म शव वाहान र घरदेखि इटहरी अस्पतालसम्म निःशुल्क  संयुक्त रूपमा एम्बुलेन्स सञ्चालनमा ल्याइएको नगर प्रमुख पौडेलको भनाइ छ । 

नगर प्रमुख पौडेलले आफू निर्वाचित भएदेखि नै इटहरी अस्पताल बनाउन दिन रात खटेको बताउँदै एक वर्ष भित्रमा इटहरी अस्पतालमा व्यापक सुधार हुने बताए । ‘मेरो उद्देश्य इटहरीको जनता उपचारको लागि धरान इटहरी  जानु नपरोस् भन्ने हो,’ प्रमुख पौडेलले भने 

पछिल्लो समय अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको भन्दै एम्बुलेन्स र शव वाहनको अभाव सुरु भएको कारण जनतालाई निःशुल्क रूपमा उपलब्ध गराउने निर्णय गरेको प्रमुख पौडेलले बताए । अस्पतालमा विशेषज्ञ डाक्टरहरूको सुविधा भएसँगै बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप