आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोग्बामाथि प्रतिबन्धित औषधी सेवन गरेको आरोप

मङ्गलबार, २६ भदौ २०८०, १४ : ०८
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । इटालियन सिरिए क्लब युभेन्ट्सका मिडफिल्डर पल पोग्बा निलम्बनमा परेका छन् । परीक्षणका क्रममा उनको रगतमा प्रतिबन्धित लागू औषधको मात्रा भेटिएपछि उनी निलम्बनमा परेको समाचारमा जनाइएको छ । 

३० वर्षीय पोग्बा फ्रान्सको राष्ट्रिय टोलीका खेलाडी पनि हुन् । इटालीको राष्ट्रिय एन्टी डोपिङ संस्थाले पनि पोग्बाको रगतमा प्रतिबन्धित औषधिको मात्र भेटिएको बताएको छ । अगस्त २० तारिखमा युभेन्ट्स र  उडिनेसबीच भएको खेलपछि उनको परीक्षण गरिएको थियो । उक्त खेलमा युभेन्ट्स ३—० गोलले विजयी भएको थियो । 

पोग्बाले भने आफूले अहिलेसम्म कुनै पनि प्रतिबन्धित औषध सेवन नगरेको दाबी गरेका छन् । यदि प्रतिबन्धित औषध सेवन गरेको पुष्टि भएमा पोग्बामाथि दुईदेखि चार वर्षसम्मको प्रतिबन्ध लाग्न सक्छ । पोग्बालाई तत्कालका लागि निलम्बन गरिएको उनको क्लब युभेन्ट्सले पनि जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप