सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अफगानिस्तानले विश्वकप खेल्न नविन उल हकलाई दुई वर्षपछि टोलीमा बोलायो

बिहीबार, २८ भदौ २०८०, ११ : ११
बिहीबार, २८ भदौ २०८०

काठमाडौँ । यसै वर्ष आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताका लागि अफगानिस्तानले आफ्नो टोलीको घोषणा गरेको छ । एकदिवसीय विश्वकपको १३ औं संस्करण अक्टोबर ५ देखि नोभम्बर १९ तारिखसम्म भारतमा आयोजना हुँदैछ । 

विश्वकपका लागि घोषत अफगानिस्तानको टोलीमा तिब्रगतिका बलर नविन उल हकलाई पनि फिर्ता बोलाइएको छ । उनले दुई वर्षभन्दा लामो समयदेखि एकदिवसीय प्रतियोगिता खेलेका छैनन् । उनले पछिल्लो पटक सन् २०२१ को जनवरीमा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । 

तिब्रगतिका बलर नविन उल हकसँगै अफगानिस्तानको टोलीमा फजालहक फारुकी, अब्दुल रहमान र अलराउन्डर अजमतुल्लाह ओमरजाई पनि समावेश गरिएको छ । ओमरजाई गत अगस्तमा खेलिएको पाकिस्तानविरुद्घको एकदिवसीय शृंखलामा घाइते भएका थिए । त्यसयता उनी टोलीमा परेका थिएनन् । उनले हाल पाकिस्तान र श्रीलंकामा जारी एसिया कप पनि खेल्न सकेका थिएनन् । 

विश्वकपका लागि घोषित अफगानिस्तानको टोलीमा सहमतुल्लाह साहिदी (कप्तान), इब्राहिम जदरान, रहमानुल्लाह गुरबाज, रहमत साह, रियाज हसन, नजिबुल्लाह जदरान, मोहम्मद नाबी, इकरम अलिखिल, अजमतुल्लाह ओमरजाई, रसिद खान, अब्दुल रहमान, नुर अहमद, मजिब उर रहमान, फजालहक फारुकी र नविन उल हक रहेका छन् । गुलबदिन नाइब, सरफुद्धिन असरफ र फरिद अहमद अतिरिक्त खेलाडीको रुपमा टोलीमा समावेश गरिएको छ । 

आगामी विश्वकपका लागि हालसम्म सातवटा राष्ट्रले आफ्नो टोलीको घोषणा गरेका छन् । विश्वकपका लागि घोषित न्युजिल्यान्डको टोलीमा केन विलियम्सन (कप्तान), मार्क च्यापम्यान, डेभोन कोनवे, ट्रेन्ट बोल्ट, म्याट हेनरी, टम लाथम, लोकी फर्गुसन, जेम्स निसाम, ग्लेन फिलिप्स, ड्यारल मिचेल, मिचेल सान्टनर, इश सोढी, राचिन रविभन्द्र, टिम साउथी र विल योङ रहेका छन् । 

यसैगरी विश्वकपका लागि घोषित इङ्ल्यान्डको टोलीमा जस बट्लर (कप्तान), मोइन अली, गस एट्किन्सन, जोनी बेयरस्ट, साम कुर्रान, लियाम लिभिङ्स्टोन, डाविड मलान, अदिल रसिद, जोए रुट, जासन रोय, बेन स्टोक्स, रिसे टपली, डेभिड विली, मार्क उड र क्रिस वाक्स रहेका छन् ।   

यसैगरी अस्ट्रेलियाको टोलीमा प्याट कुमिन्स (कप्तान), स्टिभ स्मिथ, एलेक्स केरी, जस इनग्लिस, सिन एबोट, एस्टन अगार, क्यामरुन ग्रिन, जस हेजलउड, ट्राभिस हेड, मिचेल मार्स, ग्लेन म्याक्सवेल, मार्कुस स्टाइनिस, डेभिड वार्नर, एडम जाम्पा र मिचेल स्टार्क रहेका छन् ।

यसैगरी दक्षिण अफ्रिकी टोलीमा टेम्बा बाभुमा (कप्तान), जेराल्ड कोएट्जी, क्विन्टन डी कक, रिजा हेन्ड्रिक्स, मार्को जानसेन, हेनरिच क्लासेन, सिसान्डा मागाला, केशव महाराज, आइडेन मारक्रम, डेभिड मिल्लर, लुङ्गी एनगिडी, एनरिच नोर्टेज, कासिगो राबाडा र टाबरिज सामसी, रासी भान डेर डुसान रहेका छन् । 

यसैगरी भारतीय टोलीमा रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, इशान किसन, केएल राहुल, हार्दिक पाण्डेया (उपकप्तान), सूर्यकुमार यादव, रविन्द्र जडेजा, अक्सर पटेल, सार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सामी, मोहम्मद सिराज र कुलदिप यादब रहेका छन् । 

यसैगरी नेदरल्यान्ड्सको टोलीमा स्कट एडवार्डस ९कप्तान०, कोलिन एकरम्यान, सारिज अहमद, वेस्ली बारेसी, लोगन भान बीक, आर्यन दत्त, साइब्रान्ड एङ्गलब्रेच्ट, रायन क्लेइन, बास डे लिडे, पल भान मिकेरन, रोएलोफ भान डेर, तेजा निदामानुरु, म्याक्स ओ’डड, विक्रम सिंह र साक्विब जुल्फिकर छन् । नोचक्रोएस र काइली क्लेइनलाई अतिरिक्त खेलाडीका रुपमा टोलीमा समावेश गरिएको छ । अब पाकिस्तान, श्रीलंका र  बंगलादेशले मात्र टोली घोषणा गर्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप