बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अर्थतन्त्र यो भन्दा कमजोर बन्ने ठाउँ छैन, अब चलायमान हुन्छ: अध्यक्ष ढकाल

शुक्रबार, २९ भदौ २०८०, १२ : २१
शुक्रबार, २९ भदौ २०८०

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी दिनमा अर्थतन्त्र थप चलायमान बन्ने बताएका छन् । 

शुक्रवार काठमाडौँको नयाँ बानेश्वरमा अभिनेता दीपकराज गिरी र अभिनेत्री दीपाश्री निरौलाको आइआई सिनेमा हलको उद्घाटन गर्दै उनले व्यावसायिक एक्टिभिटिज बढेमात्रै अर्थतन्त्र चलायमान बन्ने बताए । अध्यक्ष ढकालले कोरोना भाइरसपछि अर्थतन्त्र कमजोर बन्दै गएको र व्यावसायिक माहौल बिग्रँदै गएको अवस्थामा सिनेमा हल खुल्नुले आम मानिसमा सकारात्मक ऊर्जा थपिने विश्वास व्यक्त गरे ।

अध्यक्ष ढकालले एउटा कलाकारले मेहनत ग¥यो भने सिनेमा हलको मालिक पनि हुनसक्ने रहेछ भन्ने स्पष्ट सन्देश पनि बजारमा गएको जिकिर गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप