आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यती एयरलाइन्सले सुरु गर्‍यो काठमाडौँ–पोखरा रात्रिकालीन उडान

आइतबार, ३१ भदौ २०८०, १८ : ३३
आइतबार, ३१ भदौ २०८०

काठमाडौँ । यती एयरलाइन्सले काठमाडौँ–पोखरा रात्रिकालीन उडान सुरु गरेको छ । कम्पनीले आइतबार अर्थात् भदौ ३१ गतेदेखि पोखराका लागि नियमित रात्रि कालिन उडान (आई एफ आर उडान) सुरु गरेको हो । 

आजबाटै लागू हुनेगरी काठमाडौँ–पोखरा नियमित रात्रिकालीन उडान तालिका समेत सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यस अघि नै रात्रि  उडानको सुविधा भएपनी यतीले हालसम्म रात्रि उडान सेवा सुरु गरेको थिएन । 

पहिलो रात्रिकालीन उडानका रुपमा कम्पनीले आज साँझ ५ः३० बजे एनवाईटि ६८३ जहाजमार्फत काठमाडौँबाट पोखरा उडान गर्नेछ भने उताबाट पुनः ६ः३० एनवाईटी ६८४ मार्फत काठमाडौँका लागि उडान भर्नेछ । 

हाललाई साँझको लागि एउटा मात्र उडान रहे पनि यात्रुको माग अनुसार हालको समय भन्दा पछाडि उडान संख्या थप हुँदै जाने यती एअरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । 

आईएफआर उडान सुरु नहुँदा कहिलेकाहीँ ढिला हुँदा साँझका उडान रद्द हुने गरेकोमा अब त्यो समस्या समेत हट्ने उनले बताए । पोखराका लागि यतीले हाल दैनिक ६ वटा उडान गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप