आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सम्बन्धविच्छेद गर्दै आरियाना

मङ्गलबार, ०२ असोज २०८०, १४ : ५६
मङ्गलबार, ०२ असोज २०८०

लस एन्जलिस । चर्चित अमेरिकी गायिका आरियाना ग्रान्डेले पति डाल्टन गोमेजसँग सम्बन्धविच्छेद गर्ने भएकी छन् । ग्रान्डेले सोमबार लस एन्जलिसमा सम्बन्धविच्छेदका लागि याचिका दायर गरेको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जानकारी दिएको हो । 

उनले ‘सुल्झाउन नसक्ने मतभेद’ का कारण आफूले सम्बन्ध विच्छेद गर्न लागेको उल्लेख गरेकी छन् । यो मुद्दामा ग्रान्डेलाई उनको पारिवारिक वकिल लउरा वासेरले प्रतिनिधित्व गर्नेछिन् । 

ग्रान्डे र गोमेजबीच सन् २०२१ मा विवाह भएको थियो । परिवार र नजिकका साथीलाई पनि आमन्त्रण गरिएको उक्त समारोहमा करिब २० जना मात्र सहभागी भएका थिए । त्यसको दुई वर्षअघि ग्रान्डेले कमेडियन पिट डेभिडसनसँग इन्गेजमेन्ट गरेकी थिइन् । 

रियल स्टेट एजेन्ट रहेका गोमेज र ग्रान्डेले सन् २०२० मा रिलिज गरिएको गीत ‘स्टक विथ यू’ पछि आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिए । गोमेजले उक्त भिडियोमा काम गरेका थिए । सोही वर्ष दुईजनाले इन्गेजमेन्ट गरेको घोषणा गरेका थिए ।

गत जुलाईमा ग्रान्डेलाई ‘वेडिङ ब्यान्ड’ बिना नै विम्बेल्डनमा देखिएपछि दुईबीच सम्बन्ध राम्रो नरहेको आँकलन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप