सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अरुणाचल प्रदेशका भारतीय खेलाडीलाई चीनले रोकेपछि भारतले के भन्यो ?

शनिबार, ०६ असोज २०८०, १४ : १४
शनिबार, ०६ असोज २०८०

नयाँ दिल्ली । १९ औँ एसियाली खेलकुद आजदेखि चीनको हाङचौँमा सुरु हुँदैछ । तर चीनले अरुणाचल प्रदेशबाट आउने भारतीय खेलाडीलाई प्रवेश दिन अस्वीकार गरेको छ । 

यस विषयमा भारतीय खेलकुद प्राधिकरणले गम्भीर आपत्ति जनाएको छ । भारतीय खेलकुद प्राधिकरणले यसलाई ‘एसियाली खेलकुदको भावनाको हनन’ भनेको हो।

चीनले अरुणाचल प्रदेशमाथि दाबी गर्दै आएको छ । हालै चीनले नयाँ नक्सा जारी गरेको थियो, जसमा अरुणाचल प्रदेशलाई फेरि चिनियाँ सीमामा देखाइएको थियो। चीनको दाबीलाई भारतले अस्वीकार गरेको थियो ।

भारतको परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले जाति वा क्षेत्रका आधारमा भारतीय नागरिकलाई हुने भेदभावपूर्ण व्यवहारलाई भारतले कडा रूपमा अस्वीकार गरेको र लामो समयदेखि यो अडान रहेको बताए। बागचीले भने, ‘हामीले हाम्रा केही खेलाडीलाई लिएर चीनले जानाजानी र छनोटमा गरेको अवरोधको कडा विरोध गरेका छौं ।

केन्द्रीय मन्त्री किरण रिजिजुले पनि ट्वीट गर्दै चीनको यो कदमको निन्दा गरेका छन् । उनले ट्विट गर्दै भनेका छन्, ‘चीनले अरुणाचल प्रदेशका हाम्रा उसु खेलाडीहरूलाई हङ्जाओमा हुन लागेको एसियाली खेलकुदमा सहभागी हुन भिसा दिएको छैन, म यसको घोर भर्त्सना गर्दछु।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप