आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेटफ्लिक्सले स्क्विड गेम जस्तै रियालिटी सो ल्यायो : विजेताले ४.५६ मिलियन डलर पाउने

शनिबार, ०६ असोज २०८०, १५ : ५७
शनिबार, ०६ असोज २०८०

नेटफ्लिक्सले सन् २०२१ मा कोरियाली सिरिज ‘स्क्विड गेम’ को पहिलो भाग रिलिज गरेको थियो । यो सो सुपरहिट भयो र एक हप्ता भित्रै यो विश्वव्यापी हिट भएको थियो ।

शोमा ४५६ प्रतियोगी सहभागी हुने

अब सबै जना यसको दोस्रो सिजनको प्रतीक्षामा छन्, यसैबिच नेटफ्लिक्सले एउटा रियालिटी शोको टिजर सेयर गरेको छ । यो सो स्क्विड गेमलाई आधार मानेर बनाइएको छ । यसमा ४५६ जनाले भाग लिनेछन् र विजेताले ४.५६ मिलियन डलर (६० करोड रुपैयाँ) को पुरस्कार राशि पाउनेछन् ।

सो जस्तै सेट हुने 

नेटफ्लिक्स इन्डियाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा यस शोको टिजर सेयर गरेको छ । टिजरमा देखाइए अनुसार धेरै प्रतियोगीहरू शोको सेट देखेर छक्क परेका थिए किनभने यो मूल शोमा देखाइएको जस्तै डिजाइन गरिएको थियो ।

२२ नोभेम्बर देखि स्ट्रिम हुनेछ

यस रियालिटी शोको सेटमा रातो ट्र्याकसूट र मास्क लगाएका गार्डहरू पनि उपस्थित छन् । यस बाहेक प्रतियोगीलाई त्यही गेम खेलाइनेछ जुन मूल शोमा खेलाइएको थियो । ‘स्क्विड गेमः द च्यालेन्ज’ नामको यो सो नोभेम्बर २२ बाट नेटफ्लिक्समा स्ट्रिम हुनेछ ।

वेब सिरिजको दोस्रो भाग अर्को वर्ष रिलिज हुनेछ

यस वर्षको जुनमा, निर्माताहरूले यस वेब सिरिजको दोस्रो भागको घोषणा गरेका थिए । यसको दोस्रो सिजनमा केही नयाँ खेलाडी थपिने निर्माताहरुले बताएका छन् । यसको पहिलो भागमा ली यंग जे, होयुन युङ, वाई हा–जुन जस्ता कलाकारहरू देखिएका थिए ।

तर, शोमा पुराना कलाकार दोहोरिने हुन् कि होइनन् भनेर खुलाइएको छैन । यो सिजन अर्को वर्षसम्म रिलिज हुने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप