आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ताल्चा विमानस्थलमा अलपत्र १६ डाक्टर लिन मन्त्रीले पठाए जहाज

मङ्गलबार, ०९ असोज २०८०, ११ : ४७
मङ्गलबार, ०९ असोज २०८०

 काठमाडौँ । कर्णालीमा मेरुदण्डसम्बन्धी कार्यक्रम सम्पन्न गरी फर्किने क्रममा मुगुको ताल्चा विमानस्थलमा अलपत्र पारिएका डाक्टर लिन जहाज पठाइएको  छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले अलपत्र पारिएका १६ जना डाक्टर लिन नेपाल एयरलाइन्सको जहाज पठाइएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । 

‘मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आउन छुटेका चिकित्सकहरूको खबरले दुःखित बनायो । गन्तव्यमा पुर्‍याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको छ’, उनले भने । 

म‌ंगलबार बिहान ७.३० बजेका लागि तीन साताअघि १६ जना सर्जन डाक्टरले टिकट लिएका थिए । तर आज ताल्चा विमानस्थलबाट जहाज नेपालगन्ज फर्किने क्रममा उक्त जहाजमा नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवसहितका नेताहरू नेपालगन्ज आएपछि डाक्टरहरू फर्किन पाएका थिएनन् । एक डाक्टरले भने, ‘काठमाडौँमा हामीलाई बिरामीले कुरेर बसिरहेका छन्, तीन साता अघि टिकट लिँदा पनि हामीले जहाज चढ्न पाएनौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप