आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँमा चिनियाँ परम्परागत प्रविधिमा उपचार, अस्पताल स्थापनामा सहयोग गर्ने

मङ्गलबार, ०९ असोज २०८०, १२ : ५३
मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ । परम्परागत शैलीमा उपचार गर्न विश्वभर छुट्टै पहिचान बनाएको चीनले नेपालमा समेत सोही प्रविधिमा आधारित स्वास्थ्य उपचार गर्न सहयोग गर्ने भएको छ । 

प्रधानमन्त्रीको पछिल्लो चीन भ्रमणका क्रममा चीनले नेपालमा आफ्नो शैलीको परम्परागत विधिमार्फत उपचार गर्न अस्पताल नै स्थापना गर्ने भएको हो ।

सम्झौताअनुसार चीनले नेपालमा अस्पताल स्थापनाका लागि आवश्यक सहयोग उपलब्ध गराउने छ । राजधानी काठमाडौँमा स्थापना हुने परम्परागत शैलीको उपचार केन्द्रका लागि चीनले डाक्टरको उपलब्धता समेत गराउने छ ।

यस्तै, नेपाली स्वास्थ्यकर्मीलाई आवश्यक तालिम प्रदान गर्ने छ । यस्तै, चीन–नेपाल परम्परागत उपचार केन्द्रमा निःशुल्क उपचारको व्यवस्था समेत हुनेछ । यसबाहेक, केन्द्र स्थापनामा समेत सहयोग गर्ने सम्झौतामा उल्लेख छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप