राजधानीको नयाँ बजारबाट ५ जना जुवाडे पक्राउ
मङ्गलबार, ०९ असोज २०८०, १६ : ४८
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ स्थित नयाँ बजारबाट प्रहरीले ५ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–२ घर भएका ६५ वर्षीय रण बहादुर तामाङ सहित ५ जना छन् ।
जुवा खालबाट ३९ हजार २ सय रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले जानकारी दिए ।
नयाँबजार बम्बई गल्ली स्थित रण बहादुर तामाङको कोठामा आरोपितहरूले जुवा खेलेका हुन् । जुवा खालबाट ३ बुक तास बरामद गरिएको छ । सोमबार साँझ पक्राउ गरेर उनीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।