आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चेल्सी र आर्सनलको संघर्षपूर्ण जीत

बिहीबार, ११ असोज २०८०, ०९ : २४
बिहीबार, ११ असोज २०८०

लण्डन । प्रिमियर लिगमा संघर्षरत चेल्सीले ब्राइटनमाथि काराबाओ कपमा संघर्षपूर्ण जीत हासिल गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिन्होले यो जीत चेल्सीका लागि ‘टर्निङ प्वाइन्ट’ हुने विश्वास व्यक्त गरेका छन् ।

खेलमा निकोलास ज्याक्सनले गरेको एक मात्र गोल निर्णायक बनेको थियो । पछिल्ला चार खेलमा टोलीको यो पहिलो जीत हो । योसँगै चेल्सीले अब अन्तिम १६ मा च्याम्यिनसीप टोली ब्ल्याकबर्न रोभर्सको सामना गर्नेछ ।

उता, आर्सनलले पनि ब्रेन्टफोर्डलाई समान गोल अन्तरले हरायो । खेलमा रिस नेलसनले खेलको आठौँ मिनेटमा निर्णायक गोल गरेका थिए ।

तर, खेलमा नायक भने गोलकिपर आरन राम्सडेल रहे । तीन खेलपछि सुरुवाती ११ मा फर्किएका राम्सडेलले एकपछि अर्को उत्कृष्ट बचाऊ गर्दै टोलीको जीत सुनिश्चित गरे । अब मिकेल आर्टेटाको टोलीले चौथो चरणमा वेस्ट ह्यामको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप