आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अभिनाश टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६ विकेट लिने पहिलो नेपाली बलर

आइतबार, १४ असोज २०८०, १० : ५२
आइतबार, १४ असोज २०८०

काठमाडौँ । अभिनाश बोहरा टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६ विकेट लिने नेपालको पहिलो बलर बनेका छन् । चीनमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा आइतबार नेपालले माल्दिभ्सलाई हराउँदा अभिनाषले यस्तो कीर्तिमान बनाएका हुन् । 

अभिनाशकै उत्कृष्ट बलिङका कारण उक्त खेलमा नेपाल एक सय ३८ रनको विशालअन्तरले विजयी भएको थियो । लगातार दोस्रो जितसँगै नेपाल प्रतियोगिताको क्वार्टरफाइनलमा पनि पुगेको छ । अभिनाशले ३.४ ओभरमा केवल ११ रन खर्चिएर ६ विकेट लिएका हुन् ।  

यसअघि नेपालले आफ्नो पहिलो खेलमा नेपालले मंगोलियामाथि विश्व कीर्तिमानी जित हासिल गरेको थियो । प्रतियोगिताको क्वार्टरफाइनलमा नेपालले खेल्ने प्रतिद्वन्द्वीको टुंगो लाग्न भने बाँकी छ । सोमबारमात्र नेपालले क्वार्टरफाइनल खेल्ने प्रतिद्वन्द्वीको टुंगो लाग्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप