सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
बालुवाटार बैठक

आयोग गठनमा सहमति जुटेपछि एमालेले संसद अवरोध नगर्ने

आइतबार, १४ असोज २०८०, १२ : १९
आइतबार, १४ असोज २०८०

काठमाडौँ । सुन तस्करी छानविनका लागि गठन गर्ने आयोगको कार्यदेशमा सहमति जुटेसँगै नेकपा एमालेले सदन अवरोध नगर्ने भएको छ ।आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको छलफलमा आयोगको कार्यदेशबारे सहमति जुटेको थियो ।

उच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा तीन सदस्यीय आयोग बनाउने र उक्त आयोगले तीन महिनामा तस्करी नियन्त्रणमा आवश्यक सुझाव दिन नेताहरुबीच सहमति जुटेको थियो । आजै दिउँसो १ बजे प्रतिनिधिसभा बैठक अघि सरकारले आयोग गठनको घोषणा गर्ने भएपछि एमालेले सदन अवरोध गर्न जरुरी नभएको जनाएको छ । 

‘बैठकअघि आयोग घोषणा हुन्छ, सहमतिअनुसार आयोग घोषणा भएपछि सदन अवरोध गर्न जरुरी हुँदैन’, एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप