बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

जनमत पार्टीको सचिवालय बैठक बस्दै

आइतबार, १४ असोज २०८०, १४ : २४
आइतबार, १४ असोज २०८०

काठमाडौँ । जनमत पार्टीको केन्द्रीय सचिवालय बैठक आइतबार बस्ने भएको छ । पार्टीको समसामयीक विषय तथा अध्यक्ष सिके राउतको अमेरिका भ्रमणलगायतको विषयमा ब्रिफिङ हुने बताइएको छ । जनमत पार्टी मिसन ८४ सञ्चालन गरिरहेको छ ।

पार्टीले मिसनका लागि गरिरहेको गतिविधिलगायतको विषयमा पनि छलफल हुने बताइएको छ ।

पार्टीका सचिवालय सदस्य एवं प्रवक्ता डा.शरतसिंह यादवले सचिवालयको यो नियमित बैठक रहेको बताए । प्रत्येक आइतवार सचिवालको बैठक बस्ने गरेको र बैठकमा विभिन्न समसामयिक विषयमा छलफल हुने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप