आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कन्नड अभिनेताको कारले दम्पतीलाई ठक्कर दियो, महिलाको मृत्यु

सोमबार, १५ असोज २०८०, १० : ५७
सोमबार, १५ असोज २०८०

कन्नड फिल्मका अभिनेता नाग भूषणको कारले फुटपाथमा हिँडिरहेका एक दम्पतीलाई ठक्कर दिएको छ । यो दुर्घटनामा महिलाको मृत्यु भएको छ जबकि उनका श्रीमान् गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन् । 

दुर्घटनापछि प्रहरीले नागभूषणविरुद्ध मुद्दा दर्ता गर्दै अनुसन्धान सुरु गरेको छ । भारतीय सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार शनिवार राती यी दम्पती फुटपाथमा हिँडिरहेका बेला नाग भूषणको कारले उनीहरूलाई ठक्कर हान्यो । यी दम्पतीलाई ठक्कर दिएपछि कार फुटपाथको एउटा बिजुलीको खम्बासँग ठोक्कियो । यो दुर्घटनापछि नागभूषण आफैँले दम्पतीलाई अस्पताल लगे । अस्पताल लैजाँदै गर्दा ४८ वर्षकी प्रेमाको मृत्यु भयो । 

प्रेमाका श्रीमान् कृष्णा (५८ वर्ष) को दुवै खुट्टा, टाउको र पेटमा चोट लागेको छ । उनको अवस्था गम्भीर छ । बेंगलुरुको एक निजी अस्पतालमा उनको उपचार भइरहेको छ ।

kannad actor1प्रहरीले नागभूषणविरुद्ध मुद्दा दर्ता गर्‍यो 

बेंगलुरुको कुमार स्वामी ट्राफिक प्रहरी स्टेसनमा उजुरी दर्ता गरिएको छ । प्रहरीले नागभूषणविरुद्ध तीव्र गति र लापरबाहीको चार्ज लगाएको छ । 

नागभूषण कन्नड फिल्ममा थुप्रै चर्चित सहायक भूमिकामा देखिइसकेका छन् । उनले ‘युवारत्न’, ‘लकी म्यान’ र ‘डेयरडेभिल मुस्तफा’ जस्ता फिल्ममा काम गरेका छन् । नाग भूषणको मुख्य भूमिका रहेको कन्नड फिल्म ‘तगारु पल्या’ नोभेम्बरमा रिलिज हुँदै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप