सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

निर्माता रामप्रसाद रिजाल अस्पताल भर्ना

सोमबार, १५ असोज २०८०, १७ : ०९
सोमबार, १५ असोज २०८०

काठमाडौँ । फिल्म निर्माता रामप्रसाद रिजाललाई भारतको दिल्लीस्थित एपोलो हस्पिटलमा भर्ना गरिएको छ । उनलाई केही समयअघि हृदयाघात भएको थियो । अहिले उनको मुटुमा गम्भीर समस्या देखिन थालेको बताइएको छ । डाक्टरले उनको  मुटुका तीन वटा भल्व ब्लक भएको बताएका छन् ।

‘अहिले धेरै नै असहज भएकाले दाइ दिल्ली जानुभएको हो,’ निर्माता रामप्रसादका भाइ निर्देशक लक्ष्मण रिजालले भने, ‘केही समयअघि नै उपचार गर्नुपर्ने हो । तर ‘गणपति’ रिलिजको व्यस्तताले ढिलाइ भयो।’ 

आर्थिक नोक्सानी बेहोर्नु परे तापनि निरन्तर रूपमा फिल्म निर्माणमा सक्रिय रामप्रसादले हालसम्म ‘वान डे’, ‘कसम’, ‘धुवाँ यो नशा’, ‘कायरा’, ‘डिसेम्बर फल्स’ र ‘गणपति’लगायतका फिल्म निर्माण गरेका छन् । फिल्मलाई व्यवसाय भन्दा पनि कला,संस्कृतिको सशक्त माध्यमको रूपमा लिएको बताउने उनी अहिले काजी’ नामक फिल्म निर्माणको तयारीमा थिए । 

लक्ष्मण रिजालको निर्देशन रहने फिल्ममा विपिन कार्की र वर्षा सिवाकोटी मुख्य भुमिकाको लागि छानिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप