मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
एमाले अधिवेशन

एमाले कोशी अध्यक्षमा घनश्याम खतिवडा  विजयी

मङ्गलबार, १६ असोज २०८०, ०५ : ५५
मङ्गलबार, १६ असोज २०८०

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा मोरङ लेटाङका घनश्याम खतिवडा विजयी भएका छन् । गए राति अबेर सम्पन्न मतगणनाको परिणाम अनुसार खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी भएका हुन् ।

खतिवडाले  ५१२ मत ल्याइ विजयी हुँदा उनका प्रतिस्पर्धी विनोद प्रसाद ढकालले ४३० मत ल्याए । ३५ मत बदर भएको छ ।

खतिवडा मोरङ १ बाट निर्वाचित पूर्व सांसद तथा नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य हुन् । ढकाल केन्द्रीय कमिटी सदस्य थिए ।

यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई विजयी भएका छन् । सबैजना खतिवडाकै प्यानलबाट विजयी भएका हुन् ।

उपाध्यक्षमा भने धनकुटाका टिकराम चेम्जोङ सर्वसम्मत निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप