आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एसियाली खेलकुद

नेपाललाई चौथो सफलता, शतक बनाए लगत्तै आउट भए जैसवाल

मङ्गलबार, १६ असोज २०८०, ०८ : ०९
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले भारतको चौथो विकेट लिएको छ । नेपाली बलर दीपेन्द्रसिंह ऐरीले भारतको चौथो विकेट लिएका हुन् । उनले भारतका ओपनर ब्याट्सम्यान यशस्वी जैसवाललाई पेभेलियन फर्काए ।

जैसवाल शतक बनाए लगत्तै पेभेलियन फर्किएका थिए । ऐरीले उनलाई अभिनाश बोहोराद्वारा क्याच गराएका थिए । 

भारतले १६.२ ओभरमा एक सय ५० रन बनाएको छ । जैसवालले ४९ बलमा सात छक्का र आठ चौकाको मद्दतले शतक पुरा गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप