आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

क्रिकेट खेलाडीले पुरस्कार नपाएको कुरा सदनमा पटकपटक उठाउँदा लाज लागेको छ : असिम साह

मङ्गलबार, १६ असोज २०८०, १३ : ३३
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद असिम साहले नेपाली क्रिकेट खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरे पनि सरकारले पुरस्कार दिन बिर्सिएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सरकारले बधाई मात्र दिएको तर पुरस्कार नदिएको आरोप लगाएका हुन् । 

‘नेपाली क्रिकेट खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । सबैले बधाई दिएकै छन् । सरकारले पनि दिएकै होला । तर पुरस्कार दिएका छैनन्’, उनले भने, ‘सरकारले बिर्सिएको कुरा सदनमा पटकपटक उठाउँदा मलाई लाज लागेको छ । खेलाडीले लिग जितिरहे तर सरकारले उदारो पुरस्कार घोषणा गरिरह्यो ।’

खेलाडीले पाउनु पर्ने रकम १६/१७ लाख भइसक्दा समेत नपाएको उनले आरोप लगाए । प्रधानमन्त्रीले तपाईंहरू खेल्न जानोस् फर्किएर आउँदा खातामा पैसा जम्मा हुन्छ भनेर आश्वासन दिए पनि भुक्तानीको सुरसार नभएकोमा उनले आपत्ति जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप