आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इटहरी उपमहानगरपालिकाबाट श्रम स्वीकृति सुरु

मङ्गलबार, १६ असोज २०८०, १६ : ५४
मङ्गलबार, १६ असोज २०८०

इटहरी । इटहरी उपमहानगरपालिकाले मंगलबारदेखि श्रम स्वीकृति दिने प्रक्रिया सुरु गरेको छ । वैदेशिक रोजगारीमा जान चाहनेहरुको श्रम स्वीकृति इटहरी उपमहानगरपालिकाबाट सुरु भएको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार मेयर हेमकर्ण पौडेलले इटहरीमा बसोबास गरिरहेका रामचन्द्र राईलाई श्रम स्वीकृति प्रदान गर्दै सेवाको सुरुवात गरेका हुन् ।

वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि  काठमाडौँ गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता अब हटेको मेयर पौडेलको भनाइ छ । 'कृति लिनुपर्दा सेवाग्राहीलाई झण्झट हुन्थ्यो, लागत पनि बढी पर्थ्यो तर अब स्थानीय सरकारबाटै सेवा सुरु भएपछि सहज हुन्छ,’ मेयर पौडेलले भने ।

श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सो सम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने इटहरी उपमहानगरले बताएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप