आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मिलन थापाविरुद्ध भ्रष्टाचार मुद्दा चलेसँगै खत्रीलाई कार्यवाहक सदस्यसचिवको जिम्मेवारी

बुधबार, १७ असोज २०८०, ११ : ३१
बुधबार, १७ असोज २०८०

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको कार्यवाहक सदस्य सचिवको जिम्मेवारी राजु कुमार खत्री (केसी)लाई दिइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोषका परिषद् सदस्य खत्रीलाई थप जिम्मेवारी दिएको हो । 

असोज १६ गते बसेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीस्तरीय बैठकले खत्रीलाई कार्यवाहक सदस्यसचिवको जिम्मेवारी तोकेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । निर्णयअनुसार मन्त्रालयका शाखा अधिकृत सन्देश मास्केद्वारा हस्ताक्षरित पत्र खत्रीलाई दिइसकिएको छ । 

हालका सदस्यसचिव डा मिलन कुमार थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेकाले मन्त्रालयले अर्को व्यवस्था नहुँदासम्म कार्यवाहक सदस्यसचिव तोकेको बताइएको छ । 

अख्तियारले असोज १४ गते पशुपतिको जलहरी प्रकरणमा थापासहित तत्कालीन सदस्य–सचिव डा प्रदीप ढकाल र अरुणकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको थियो । 

पशुपतिको गर्भगृहमा जलहरी लगाउने क्रममा उनीहरुले एक किलो चार सय ९१ ग्राम ७१८ मिलीग्राम सुन हिनामिना गरेको अख्तियारको निष्कर्ष छ । उनीहरुविरुद्ध अख्तियारले जनही एक करोड १७ लाख १७८१ रुपैयाँ बिगो मागदावी गरेको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप