आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्वकप क्रिकेटको पहिलो म्याच खेल्नुअघि नै भारतलाई झट्का, शुभमन गिललाई डेंगु संक्रमण

शुक्रबार, १९ असोज २०८०, ०९ : २९
शुक्रबार, १९ असोज २०८०

काठमाडौँ । एक दिवसीय विश्वकप क्रिकेटको पहिलो म्याच खेल्नु अघि नै भारतलाई नराम्रो झट्का लागेको छ । भारतको प्रारम्भिक ब्याट्सम्यान शुभमन गिललाई डेंगु संक्रमण भएको हो ।

पछिल्लो समय शुभमन गिलको प्रदर्शन भारतका लागि निकै महत्त्वपूर्ण आधार बन्ने गरेको थियो । तर, डेंगु संक्रमित भएका कारण उनले आगामी आइतबार अस्ट्रेलियाविरुद्धको म्याच गुमाउन सक्ने आशंका गरिएको छ । भारतले विश्वकप अन्तर्गत पहिलो म्याच अस्ट्रेलियाविरुद्ध खेल्दैछ ।

शुक्रबार शुभमन गिलको थप परीक्षण हुने जनाइएको छ । त्यसपछिमात्र आइतबारको म्याचमा उनी खेल्ने या नखेल्नेबारे निर्णय लिने बताइएको छ ।

शुभमन गिल अनुपस्थित भएको अवस्थामा भारतीय टिमको प्रारम्भिक ब्याटिङ लाइनअपमा कप्तान रोहित शर्मालाई कसले साथ दिन्छन् भन्नेबारे पनि अन्योल नै छ । यद्यपि, रोहितको जोडीका रुपमा इशान किसन र केएल राहुलको नाम चर्चामा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप