सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

इजरायलले भन्यो : हमासको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ

शनिबार, २० असोज २०८०, १६ : १९
शनिबार, २० असोज २०८०

जेरुसेलम । इजरायली आपतकालीन सेवाहरूका अनुसार हमासको पछिल्लो रकेट आक्रमणमा कम्तीमा २२ इजरायली मारिएका छन्। अस्पतालमा सयौंको उपचार भइरहेको छ । इजरायलको स्वास्थ्य मन्त्रालयले कम्तीमा ५४५ जना घाइते भएको जनाएको छ । चरमपन्थी संगठन हमासले आइतबार बिहान इजरायलमा आकाशदेखि जमिनसम्म आक्रमण गरेको छ । 

हमासले इजरायलमा सात हजारभन्दा बढी रकेट प्रहार गरेको दाबी गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो युद्ध भएको र शत्रुहरूले यसको ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन् ।

इजरायली नागरिकहरूलाई सम्बोधन गर्दै नेतान्याहुले भने, ‘इजरायलका नागरिकहरू, यो युद्ध हो, अभियान वा उक्साहट होइन, युद्ध हो। आज बिहान हमासले इजरायल राज्य र यसका नागरिकहरूविरुद्ध घातक आक्रमण गरेको छ। हामीले बिहानैदेखि यसको सामना गरिरहेका छौँ। मैले सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर पहिले घुसपैठ गर्ने आतंककारीहरूलाई सफाया गर्न निर्देशन दिएँ। यो कारबाही अझै जारी छ।’

समाचार एजेन्सी रोयटर्सका अनुसार प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले आफ्ना जनतालाई आफ्नो रक्षा गर्ने अधिकार रहेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप