आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बलिउड नायिका नुसरत सम्पर्कमा आइन्, इजरायलबाट भारत आउने तयारी

आइतबार, २१ असोज २०८०, १२ : ३८
आइतबार, २१ असोज २०८०

काठमाडौँ । इजरायलमा सम्पर्कविहीन रहेको भनिएकी बलिउड नायिका नुसरत भरुचा सम्पर्कमा आएकी छन् । उनी सुरक्षित रहेको र भारतीय दूतावासको समन्वयमा भारत फर्कन लागेको उनका सहयोगीले जनाएका छन् ।

‘हाइफा अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ मा सहभागी हुन इजरायल गएकी उनी इजरायलमा हमास विद्रोहीले अचानक आक्रमण गरेपछि सम्पर्कविहीन भएकी थिइन् । उनी एउटा बेसमेन्टमा रहेको अवस्थामा पछिल्लो पटक सम्पर्क भएको तर त्यस यता सम्पर्क हुन नसकेको भन्दै उनको टिमका सदस्यले यसअघि जानकारी दिएका थिए ।

तर, हालै उनी सम्पर्कमा आएको र सुरक्षित रहेको बताउँदै उक्त टिमका सदस्यले भारतीय दूतावासको समन्वयमा नायिका भरुचा भारत फर्कन लागेको जानकारी दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप