डडेल्धुराबाट ५ जना जुवाडे पक्राउ
सोमबार, २२ असोज २०८०, १३ : ३७
डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकाबाट प्रहरीले ५ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । अमरगढी नगरपालिका–५ कीर्तिपुर बस्ने करन रोकायको घरमा संचालित जुवा खालमा छापा मारेर आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
पक्राउ पर्नेमा ३० वर्षीय सन्तोष ओझासहित ५ जना छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्याल डडेल्धुराबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ परेको हो । जुवा खालबाट ५८ हजार ८ सय ५० रुपैयाँ नगद बरामद गरिएको छ ।