आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसीसी यू-१९ प्रिमियर कप क्रिकेट : नेपालले इरानलाई दियो तीन सय ५४ रनको लक्ष्य

बिहीबार, २५ असोज २०८०, ११ : ००
बिहीबार, २५ असोज २०८०

काठमाडौँ । नेपालले एसीसी यू- १९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा बिहीबार इरानलाई तीन सय ५४ रनको लक्ष्य दिएको छ । मलेसियामा जारी उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुनुअघि तीन सय ५३ रन बनाएको हो । 

नेपालका लागि कप्तान देव खनालले शतकीय पाली खेले । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ६० बलको सामना गरी एक सय रन बनाए । उनले चार छक्का र १२ वटा चौका पनि हिर्काए । विकेटकिपर ब्याट्सम्यान दीपकप्रसाद डुम्रेले पनि अर्धशतकीय पाली खेले ।

दीपकले केवल ४४ बलमा दुई छक्का र आठ चौकाको मद्दतले ६९ रनको योगदान गरे । त्यसअघि ओपनर ब्याट्सम्यान दीपक बोहराले पनि टोलीका लागि अर्धशतकीय पाली खेलेका थिए । उनले ५९ बलमा दुई छक्का र पाँच चौका प्रहार गरेका थिए । दीपक बोहरा र देव खनालले ९८ बलमा एक सय ६६ रनको साझेदारी गरेका थिए ।

दीपेश कँडेलले २९ रन बनाए भने सुवाष भण्डारीले अविजित १८ र हेमन्त धामीले २३ रनको योगदान गरेका थिए । आकाश चन्दले पनि १९ रन बटुलेका थिए । नेपालले अतिरिक्त रूपमा पनि २६ रन पाएको थियो । इरानका बलर दादरहमान रइसी र सलमान नियाजमन्दले तीन—तीन विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप