सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस रुपन्देही क्षेत्र नम्बर  २ को सभापतिमा गिरि निर्वाचित

शनिबार, २७ असोज २०८०, २० : १५
शनिबार, २७ असोज २०८०

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं.२ को सभापतिमा प्रजापाल गिरी विजयी भएका छन् ।  शनिबार भएको निर्वाचनको ५९१ मतमध्ये सभापति पदमा गिरी ३४६ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी परशुराम ढकालले २४५ मत मात्र पाएका छन्। सहसचिवमा २९७ मतसहित संगीता गौतम अर्याल विजयी भएकी छन् ।

उनका प्रतिस्पर्धी विष्णुप्रसाद चापागाईले २८९ मत प्राप्त गरेका निर्वाचन अधिकृत अधिवक्ता महेन्द्र पाण्डेले बताए। स्थानीय तहको निर्वाचन अगाडि क्षेत्रीय सभापति हरि लम्सालले पार्टीबाट राजीनामा दिएपछि सो क्षेत्रको सभापति पद रिक्त थियो ।

यस्तै सहसचिव राज बहादुर क्षेत्रीले पनि कांग्रेस छाडेका थिए । १८ महिनादेखि रिक्त पदमा पार्टीको विधानअनुसार शनिबार उपनिर्वाचन भएको हो ।

यसअघि  १४ औं महाधिवेशनबाट ढकाल  उपसभापतिमा निर्वाचन भएका थिए भने प्रजापाल गिरि क्षेत्रीय सचिव पदमा निर्वाचित भएका थिए । आज भएको निर्वाचनपछि उपसभापति ढकाल क्षेत्रीय समितिबाट बाहिरएका छन् ।

गिरी सभापति देउवा निकट हुन् भने ढकाल शेखर कोइराला निकट हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप