सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

छायाङ्कन अगाडि वर्कसपमा जुट्यो ‘फर्की फर्की’

सोमबार, २९ असोज २०८०, १० : ४८
सोमबार, २९ असोज २०८०

काठमाडौंँ । रोहित अधिकारीको निर्माणमा बन्न लागेको फिल्म हो ‘फर्की फर्की’ । निर्माण युनिट फिल्मको वर्कसपमा जुटेको छ । निर्माता अधिकारीले फिल्म छायांकन अगाडि नै रिलिज मिति जुर्याएको छ । वितरकसँगको सल्लाह अनुसार फिल्मको रिलिज २०८१ को जेठ फाइनल भएको निर्माता रोहितले बताए ।

फिल्मको वर्कशपमा अभिनेता अनमोल केसी, नव–कलाकारद्धय रवि काफ्ले र समृद्धि अर्याल छन् । फिल्ममा नायिकाको रुपमा छानिएको अर्की अभिनेत्री जसिता गुरुङले भने केही दिनमै वर्कशप सुरु गर्नेछिन् । सुयोग गुरुङको निर्देशन रहने फिल्मको कथा निर्माता रोहित अधिकारीले आफैले लेखेका हुन् । काठमाडौं, पोखरा र अन्नपूर्ण बेस क्याम्पमा छायांकन हुने फिल्मको  इन्डोनेसियाको बालीमा पनि छायांकन हुने निर्माण पक्षले जनाएको छ ।

रोहितका अलवा ओमप्रकाश अग्रवाल निर्माता रहने फिल्मको सह–निर्मातामा मनोज वली र राम न्यौपाने हुन् । नरेन्द्र मैनालीको छायांकन, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत रहने फिल्म मंसिरको १ गतेबाट फ्लोरमा निस्कनेछ ।  ‘गाजलु’ र ‘छ माया छपक्कै’ जस्ता सुपरहिट फिल्म निर्माण गरेका निर्माता अधिकारीको फिल्म काठमाडौंमा काफिया फिल्मस् र मोफसलमा कुबेर फिल्मस्ले वितरण गर्नेछ । चलचित्रको अन्तरराष्ट्रिय वितरकको रुपमा एमएसएम इन्टरटेन्मेन्ट जोडिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप