आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एनआरएनए नागरिकता

सरकारद्वारा दुई जना गैरआवासीय नेपालीलाई नागरिकता प्रदान, वंशजको नागरिकतामा लबिङ

नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै राष्ट्रपतिको प्रशंसा
मङ्गलबार, ३० असोज २०८०, ११ : २७
मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ । सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए)का दुई अध्यक्षलाई मंगलबार गैरआवासीय नागरिकता प्रदान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षद्वय कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण गरेका हुन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमका बिच आचार्यलाई पहिलो नागरिकता प्रदान गरियो । यस्तै दोस्रो गैरआवासीय नागरिकताका रुपमा केसीलाई प्रदान गरियो । 

संघको मंगलबारदेखि नै सुरु भएको विश्वसम्मेलनमा गैरआवासीय नागरिकता दिनेसम्बन्धी नागरिकता विधेयक प्रमाणीकरण गरेर गैरआवासीय नागरिकता दिने बाटो खोलिदिएकोमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रशंसा समेत भएको छ । 

संघका अध्यक्ष कुल आचार्यले संसदबाट दुई दुई पटक पारित भएपनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विधेयक प्रमाणित गर्ने काम राष्ट्रपतिले गरेको भन्दै प्रशंसा गरे । सो क्रममा सहभागीहरूले पनि ताली बजाएर राष्ट्रपतिलाई धन्यवाद दिएका थिए ।  

‘संसदबाटबाट पारित भएको तर अनुमोदन हुन नसकेको विधेयक आफू निर्वाचित हुनासाथ अनुमोदन गरेकोमा राष्ट्रपतिज्यूलाई आभार प्रकट गर्दछु’, आचार्यले भने, ‘मैले र बद्री केसीले गैरआवासीय नागरिकता ग्रहण गरेका छौँ । यो अवसरका लागि सरकारलाई धन्यवाद ।’

 बिना कुनै ढिलाइ अब अरू एनआरएनएले पनि एनआरएनए नागरिकता पाउने विश्वास आफूहरूले  लिएको उनको भनाइ छ । उनले वंशजको आधारमा नागरिकताको निरन्तरताका लागि प्रयास जारी राख्ने पनि बताए । आचार्यले एनआरएनए नेपालको समृद्धिको सच्चा साझेदार हुन चाहेको पनि दाबी गरे । उनले सरकारले गैरआवासीय नागरिकता प्रदान गरिसकेको उल्लेख गर्दै नेपालमा लगानी गरेर देश निर्माणमा भूमिका खेल्न पनि सम्पूर्ण गैरआवासीय नेपालीलाई आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप