आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भीमफेदी कारागारका कैदीबन्दीलाई कैलाशको खसी र खाद्यान्न

बुधबार, ०१ कात्तिक २०८०, १४ : ०९
बुधबार, ०१ कात्तिक २०८०

हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकाले भीमफेदी कारागारका कैदीबन्दीलाई खसी र खाद्यान्न उपलब्ध गराएको छ । बुधबार विजया दशमीको अवसरमा कारागारका कैदीबन्दीलाई गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले २ वटा खसी, चिउरा र तेल हस्तान्तरण गरेका हुन्।

हस्तान्तरण कार्यक्रममा पालिकाका लेखा प्रमुख नविन धिताल, रोजगार संयोजक अर्पण लामा, १० नम्बर पूर्ववडाध्यक्ष माणिकलाल मुक्तान लगायतको उपस्थिति थियो । अध्यक्ष मुक्तानसहितको टोलीले पालिकाका कारागारमा रहेका कैदीबन्दीसँग भेटघाट गरि शुभकाकना आदानप्रदान समेत गरेका थिए । कारागारमा एक हजार ३८ पुरुष, ३७ महिला कैदीबन्दी र २ जना आश्रित नाबालक रहेका छन् । कारागारमा २ वटा पुरुष ब्लक र १ वटा महिला ब्लक रहेको छ ।

सामाजिक एवं मानवीय भावनाको आधारमा कारागारमा रहेका कैदीबन्दीको दशैं सुखद बनाउन सहयोग गरेको गाउँपालिका अध्यक्ष मोक्तानले बताए । दसैँ सबैको पर्व भएको बताउँदै बानियाँले कारागारभित्रका कैदीबन्दीलाई प्राप्त सहयोगबाट उत्साहपूर्वक पर्व मनाउन उनले सुझाव दिए । गाउँपालिका सबैको अभिभावक भएकाले पालिकाका बासिन्दाको केही व्यक्ति कारागारमा रहँदा दसैँ खल्लो नहोस् भनेर केही राहत दिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप