सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
काेशी प्रदेश

गठबन्धनलाई मजबुत बनाउन धेरै त्याग गरिएको छ, नजरअन्दाज नगरियोस् : माओवादी

बुधबार, ०१ कात्तिक २०८०, १४ : ३६
बुधबार, ०१ कात्तिक २०८०

विराटनगर । नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई आफ्नो पार्टीले गरेको त्यागलाई नजरअन्दाज नगर्न चेतावनी दिएको छ । 

प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा सहभागी हुँदै माओवादीको तर्फबाट बोलेका सांसद दुर्गाप्रसाद चापागाईँले यस्तो चेतावनी दिएका हुन् । उनले माओवादीले गठबन्धन बचाउनकै लागि र गठबन्धनको भावनाअनुसार अगाडि बढ्नका लागि नै सभामुख त्याग गरेको स्मरण पनि गराए ।

प्रदेशसभाको दोस्रो कार्यकालको ११ कार्यकालमा संसदीय समितिहरू निर्माण गर्न नसकेको, प्रदेश सरकारका स्थायी संरचना निर्माण गर्न ध्यान दिन नसकेको, नियमित संसद् चल्न नसक्दा जनताको आवाज बोल्न नपाइएको र  अनुगमन लगायतका काम हुन नसकेको उनले बताए ।

‘हामीलाई प्रदेशसभाभित्र रहेका सांसदहरूसँग अन्तरघुलनकै समस्या भइरहेको छ । आजबाट एउटा अनिश्चय र आशङ्काको अन्त्य हुनेछ,’ उनले भने । 

उनले प्रदेशको सुशासन र विकासलाई तीव्रता दिनुपर्ने, स्थायित्व दिन पनि लाग्नुपर्ने बताउँदै उनले प्रदेशमा देखिएको अस्थिरताको अन्त्य गर्नका लागि गठबन्धनको निर्णयअनुसार माओवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने जानकारी दिए । विश्वासको मत दिएर रचनात्मक प्रतिपक्षीमा बस्ने उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप