आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
त्रिकोणात्मक टी—२० क्रिकेट

त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले यूएईलाई हरायो

बुधबार, ०१ कात्तिक २०८०, १६ : ३६
बुधबार, ०१ कात्तिक २०८०

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ४० रन बनाएको थियो । 

काठमाडौँको मुलपानीस्थित क्रिकेट मैदानमा जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १८.५ ओभरमा तीन विकेट गुमाएर एक सय ४४ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो । नेपालको जितमा कप्तान रोहित पौडेलले अविजित ५१ र दीपेन्द्रसिंह ऐरीले अविजित ३४ रनको योगदान गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप