आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
त्रिकोणात्मक टी—२० क्रिकेट

करणले लिए हङकङको दोस्रो विकेट

बिहीबार, ०२ कात्तिक २०८०, ११ : १७
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले दोस्रो विकेट लिएको छ । दोस्रो विकेट पनि करण केसीले नै लिएका हुन् । उनले हङ्कङका अर्का ओपनर ब्याट्सम्यान अंशी राथलाई सात रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् ।

उनले राथलाई आसिफ शेखद्वारा क्याच गराए । त्यसअघि करणले पहिलो बलमै विकेट लिएका थिए । उनले हङ्कङका ओपनर निजाकत खानलाई बोल्ड गरेका थिए । निजाकत हङ्कङका कप्तान पनि हुन् । नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निणर्य लिएको हो । खेल काठमाडौँको मुलपानी क्रिकेट मैदानमा भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप