आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मौसमले लिए हङकङको छैटौँ विकेट

बिहीबार, ०२ कात्तिक २०८०, १२ : ०८
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले छैठौँ विकेट लिएको छ । हङ्कङको छैठौँ विकेट मौसम ढकालले लिएका हुन् ।

मौसमले हङ्कङका जिसन अलीलाई १७ रनको ब्यक्तिगत स्कोरमा कुशल मल्लद्वारा क्याच गराए । पेभेलियन फर्किनुअघि जिसनले २० बलमा दुई चौका हिर्काएका थिए ।

उनी आउट हुँदा हङ्कङले १३.५ ओभरमा ६ विकेट गुमाएर ६३ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप