आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तेस्रो विकेटका रुपमा पेभेलियन फर्किए सन्दीप जोरा

बिहीबार, ०२ कात्तिक २०८०, १३ : २५
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको हङ्कङविरुद्धको खेलमा बिहीबार जितका लागि ९५ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेट गुमाएको छ । तेस्रो विकेटका रुपमा सन्दीप जोरा पेभेलियन फर्किएका हुन् ।

उनलाई तीन रनको ब्यक्तिगत स्कोरमा हङ्कङका बलर एहसान खानले बोल्ड गरे । एहसान खानले लिएको यो तेस्रो विकेट हो । सन्दीप जोरा आउट हुँदा नेपालले ७.३  ओभरमा ४७ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप