आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

४२ रन बनाउँदै आउट भए आसिफ शेख

बिहीबार, ०२ कात्तिक २०८०, १३ : ४४
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको हङ्कङविरुद्धको खेलमा बिहीबार जितका लागि ९५ रनको लक्ष्य पछ्याएको नेपालले चौथो विकेट गुमाएको छ । चौथो विकेटका रुपमा आसिफ शेख ४२ रन बनाउँदै आउट भएका हुन् ।

पेभेलियन फर्किनुअघि उनले ३४ बलको सामना गरी ६ वटा चौका हिर्काए । आसिफको विकेट यासिम मुर्तजाले लिएका हुन् । आसिफ आउट हुँदा नेपालले १२.१ ओभरमा ७७ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप