आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हमासलाई सजाय दिने इजरायलको ‘अधिकार’ लाई सुनकको समर्थन

मङ्गलबार, ०७ कात्तिक २०८०, २१ : १२
मङ्गलबार, ०७ कात्तिक २०८०

जेरुसेलम । दुई दिने भ्रमणमा इजरायल पुगेका बेलायती प्रधानमन्त्री ऋषि सुनकले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आफ्नो समर्थन रहने प्रतिबद्धता जनाएका छन् । 

‘हमासलाई सजाय दिने तपाईंको अधिकारको समर्थन गर्दछौँ,’ प्रधानमन्त्री सुनकले भने, ’बेलायतले अन्तर्राष्ट्रिय कानून बमोजिम आफ्नो रक्षा गर्ने इजरायलको अधिकार र हमासलाई पछ्याउने अधिकारलाई समर्थन गर्नेछ।’ 

सुनकले थपे, ‘हामीलाई थाहा छ, हमासको विपरीत, इजरायलले नागरिकहरूलाई हानि नगर्न हरसम्भव प्रयास गरिरहेको छ। प्यालेस्टिनी जनता पनि हमासबाट पीडित छन् । बेलायतले यस क्षेत्रमा सहयोग बढाउने छ र जनतासम्म सकेसम्म चाँडो पुग्ने प्रयास गर्नेछ।’

यता इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँगको भेटमा प्रधानमन्त्री सुनकले गाजालाई सहायता उपलब्ध गराउने विषयमा आफ्नो विचार व्यक्त गरेको बेलायती अधिकारीहरूले बताएका छन्। उनले गाजामा ुमद्दत प्रक्रियाु तीव्र हुने आशा व्यक्त गरे।

प्रधानमन्त्रीको कार्यालयले इजिप्टबाट दक्षिणी गाजालाई सहयोग नरोक्ने इजरायलको घोषणाको प्रधानमन्त्री सुनकले स्वागत गरेको जनाएको छ। इजरायलले अक्टोबर ७ मा हमासको हमलामा बन्धक बनाएका मानिसहरूलाई रिहा नगरेसम्म कुनै पनि सहयोगलाई आफ्नो भूमि छोड्न नदिने बताएको थियो।

प्रवक्ताका अनुसार सुनक र राष्ट्रपति हर्जोगले गाजामा प्यालेस्टिनी जनतालाई ‘आपतकालीन मानवीय सहायता’ पुर्‍याउनेमा सहमति जनाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप