आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
त्रिकोणात्मक टी—२० क्रिकेट

कुशल मल्लले पुरा गरे अर्धसतक

बिहीबार, ०९ कात्तिक २०८०, १२ : २४
बिहीबार, ०९ कात्तिक २०८०

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको शनिबार खेलिएको हङ्कङविरुद्धको खेलमा नेपालका ब्याट्सम्यान कुशल मल्लले अर्धसतक पुरा गरेका छन् । पाँचौँ नम्बरका क्रिज समाल्न आएका कुशल मल्लले ३० बलमा पाँच छक्का र दुई चौकाको मद्दतले ५४ रन बनाएका हुन् । उनले छक्का प्रहार गर्दै अर्धसतक पुरा गरेका हुन् । 

नेपालले १७ ओभरमा चार विकेट गुमाएर एक सय ५२ रन बनाएको छ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको हो । दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाउँदै कुशललाई साथ दिइरहेका छन् । 

जारी शृङ्खलामा नेपालले यो तेस्रो खेल खेलिरहेको हो । यसअघि खेलिएको दुवै खेलमा नेपाल विजयी भएको थियो । जारी शृङ्खलामा तेस्रो राष्ट्रका रूपमा संयुक्त अरब इमिरेट्स (यूएई) रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप