सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बागमती नदीमा नुहाउने क्रममा बालकको मृत्यु

शुक्रबार, १० कात्तिक २०८०, १६ : २०
शुक्रबार, १० कात्तिक २०८०

रौतहट । रौतहट जिल्लाको राजदेवी नगरपालिकास्थित बागमती नदीमा नुहाउने क्रममा डुबेर एकजना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा राजदेवी ९ का वीरेन्द्र दासको  ११ वर्षीय छोरा  गौतम दास रहेको प्रहरीले जनाएको छ।  

घर नजिकै रहेको कालिमन्दिर घाट बागमती नदीमा  आइतबार दिउँसो नुहाउने क्रममा उनी डुबेका थिए। स्थानीयको सहयोगमा नदीबाट तत्कालै उद्धार गरी अचेत अवस्थामा रहेका दासलाई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा सामान्य उपचार पछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप