डुबेर दुई बालकको मृत्यु
शनिबार, १६ मङ्सिर २०८०, १४ : ३८
कैलाली । कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । बर्दगोरिया गाउँपालिका-६ स्थित काँडा नदीमा डुबेर सोही ठाउँ बस्ने योगेन्द्र मल्लको छोरा ७ वर्षीय आयुस मल्ल र दीपक मल्लको छोरा ८ वर्षीय दिप्सन मल्लको बिहीबार दिउँसो मृत्यु भएको हो ।
नुहाउने क्रममा डुबेका उनीहरूको बर्दगोरिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।