आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपति निर्वाचनबाट पछाडि हटे माइक पेन्स

सोमबार, १८ मङ्सिर २०८०, ११ : ३०
सोमबार, १८ मङ्सिर २०८०

वाशिङट्न डीसी । अमेरिकाका पूर्वउपराष्ट्रपति माइक पेन्सले आगामी वर्ष हुन लागेको राष्ट्रपतिको निर्वाचनबाट आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् । शनिबार मध्यान्ह लास भेगसमा आयोजित एक कार्यक्रममा उनले उम्मेदवारी फिर्ताको घोषणा गरेका हुन् । 

पत्रकार सम्मेलनमा उनले यो आफ्नो समय नभएको बताए । ‘यो कठिन लडाई हुनेछ भन्ने हामीलाई सधैं थाहा थियो, तर मलाई कुनै विश्मात छैन,’ जारी विज्ञप्तिमा उनले भनेका छन् । चुनावी अभियानका लागि पेन्सले ठूलो रकम ऋण लिएका थिए । यो अभियान छाडेपनि कन्जर्भेटिभ मूल्य मान्यताका लागि आफू कहिल्यै लड्न नछाड्ने उनले भनेका छन् ।

पछिल्लो समय पेन्सले समर्थन गुमाएका थिए । आफ्नो नाम फिर्ता लिएपनि पेन्सले अन्य कुनै रिपब्लिकन उम्मेदवारलाई समर्थन गरेका छैनन् । पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प पनि राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनेका छन् । निर्वाचनको दौडमा अहिलेसम्म ट्रम्पकै दबदबा देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप