आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकाको एसियन वर्ल्ड फिल्म फेस्टिभलमा ‘हल्कारा’ छनोट

शुक्रबार, १४ वैशाख २०८१, १८ : २२
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौंँ । नेपालबाट ओस्कार अवार्डका लागि सिफारिस फिल्म ‘हल्कारा’ अमेरिकाको एसियन वर्ल्ड फिल्म फेस्टिभलको नवौं संस्करणमा छनोट भएको छ । कात्तिक २२ देखि मंसिर १७ गतेसम्म अमेरिकाको लस–एन्जलसस्थित कल्भर सिटीमा आयोजना हुने फेस्टिभलको प्रतिस्पर्धात्मक खण्डमा फिल्म छनोट भएको हो ।

यो खण्डमा यसवर्ष ओस्कारका लागि सिफारिस अन्य एसियाली फिल्म पनि छन् । चिठ्ठी पुर्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावको कथामा फिल्म बनेको हो ।

विक्रम सापकोटा निर्देशित फिल्म रामकृष्ण पोखरेलले आइसफल फिल्म्सको ब्यानरमा निर्माण गरेका हुन् । महेश त्रिपाठी, बिनिता थापामगरको मुख्य भूमिका रहेको फिल्ममा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप