सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शौचालयबाट फरार कैदी प्रहरीको नियन्त्रणमा

मङ्गलबार, १९ मङ्सिर २०८०, १२ : ५६
मङ्गलबार, १९ मङ्सिर २०८०

दाङ  । दाङमा शौचालयबाट फरार भएका कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्याइएका विवेक नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

दाङको घोराही १८ स्थित रझेना विद्यालय आसपास नजिकैबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए ।   राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल चेकजाँचका लागि पुर्याइएका उनी सोमबार बिहान  फरार भएका हुन् ।

मोबाइल चोरेको आरोपमा ३ दिनअघि प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप