आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हमास समूहको आक्रमणमा मारिएका नेपाली विद्यार्थी सबैको शव पहिचान

सोमबार, १० वैशाख २०८१, २१ : १६
सोमबार, १० वैशाख २०८१

काठमाडौँ । प्यालेस्टाइनी हमास समूहको आक्रमणबाट दक्षिणी इजरायलमा मारिएका नेपाली विद्यार्थी सबैको शव पहिचान भएको छ । तेल अभिवस्थित नेपाली राजदूतावासले सोमबार एक विज्ञप्ति जारी गरी सो आक्रमणमा मारिएका नेपाली विद्यार्थी सबैको शव पहिचान भएको जानकारी दिएको हो ।

दूतावासले निधन भएका १० विद्यार्थीमध्ये बाँकी २ जनाको शव पनि पहिचान भएको जानकारी दिएको छ । आक्रमणमा मारिएका राजेशकुमार स्वर्णकार र आनन्द शाहको शव आज पहिचान भएको हो ।

यसअघि सो आक्रमणमा निधन भएका आठ जनाको शव पहिचान भैसकेको छ । पहिचान भएका बाँकी सबै शव आवश्यक प्रक्रिया पुरा गरी यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइने दूतावासले जनाएको छ । 

पहिचान भएका केही शव यसअघि नै नेपाल ल्याइसकिएको छ । 

 

369701014_207917415657626_4412749268893624228_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप